२३ पुस, काठमाडौं । अस्मिता अधिकारी पछिल्लो समय एकदमै रुचाइएकी गायिका हुन् । रियालिटी शो नेपाल आइडलबाट लाइमलाइटमा आएकी अस्मिताका टाढा भएपनि, सुनैको दरबार, रमरम मरौटी, तिम्रो मायाले बाँधेर राख लगायत थुप्रै गीत लोकप्रिय छन् ।
click the photo
स्टुडियोदेखि स्टेजसम्म नै सर्वाधिक रोजाइकी गायिका अस्मिताको दिनचर्या कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा गरिएको कुराकानी
बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?
सात बजेसम्म उठिसक्छु । तालिका नै भनौं ।
उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ कि पूजापाठ गर्नुहुन्छ ?
उठेर पानी पिउँछु । दुवै गर्दिन ।
बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?
बिहान फेस्र भइसकेपछि म आधा घण्टा हिँड्छु ।
बिहान नास्ता खानुहुन्छ कि हुन्न ?
त्यस्तो नास्ता नै भन्ने त छैन । चिया, अण्डा यस्तै खाने हो ।
बिहानको खाना कति बजे खानुहुन्छ ?
११ बजेसम्म खाइसक्छु ।
कस्तो खाना रुचाउनुहुन्छ ?
घरमा पाकेको दाल, भात र तरकारी । मलाई साधारण खाना मन पर्छ ।
तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?
दाल अनिवार्य हुन्छ ।
माछा–मासु कत्तिको खानुहुन्छ ?
दुवै मलाई मन पर्छ । त्यसमा पनि माछा अझ बढी । मासुमा कुखुरा र खसीको खान्छु ।
मदिरापान गर्नुहुन्छ ?
गर्दिन ।
भान्सामा काम गर्ने जाँगर कति चल्छ ?
फुर्सद हुँदासम्म गर्छु ।
तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?
कुखुराको मासु मीठो बनाउँछु जस्तो लाग्छ ।
बाहिर रेष्टुरेन्टमा मीठो कि घरमा बनाएको ?
म प्रायः बाहिर खाँदिन । घरकै धेरै मीठो हुन्छ ।
0 Comments